एमालेमा अध्यक्ष ओली निकटलाई छानीछानी दोहोरो जिम्मेवारी

काठमाडौं। मिसन ८४ को लक्ष्य लिएको नेकपा एमालेले तत्कालै सरकारको नेतृत्व गर्ने अवसर पाएपछि यतिबेला मिसन ८४ अलपत्र परेको छ। गत निर्वाचनमा दोस्रो दलमा सीमित भएपछि नेकपा एमालेले आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी मिसन ८४ अभियान संचालन गरेको थियो। तर त्यस अघि नै सरकारको नेतृत्व गर्ने अवसर पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू … Read more

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री ओली

बकैया (मकवानपुर),प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक_स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा … Read more

सुदूरपश्चिममा एमालेका तीन मन्त्री, एक राज्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार दलबाट मन्त्रीमा सहभागी गराउन नाम मागेका छन् । शाह नेतृत्वको सरकारमा नेकपा एमालेबाट तीन मन्त्री सहभागी हुने भएका छन् । एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । … Read more

संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा पूर्वपरराष्ट्रमन्त्रीको जोड

काठमाडौँ,पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ । आगामी भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक हुने आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’बारे जानकारी दिने उद्देश्यले कूटनीतिक मामिलामा समाचार लेख्ने केही पत्रकारसँग … Read more

सधैं सार्वजनिक बस चढ्ने चितवनका पूर्वसांसदले रविलाई भनेः कुनैदिन बसमै भेट होला !

चितवन:  यतिवेला रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरु सार्वजनिक बसमा चढेका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा छरपष्ट छन । सस्तो लोकप्रियताका लागि स्टनबाजी गरेको भन्दै चर्को विरोध समेत भएको छ । लामिछानेलाई चितवनकै पूर्व सांसद काँसिनाथ अधिकारीले फेसबुकमा सार्वजनिक बस चढेको दुई तस्बिर राख्दै ब्यंङ्य गरेका छन । अधिकारी पनि चितवन २ बाटै २०५१ सालमा … Read more

प्रधानमन्त्री ओली र मन्त्रीहरूले बोल्न भन्दा पहिला कर्मलाई प्राथमिकतामा राख्नुपर्छः विश्वप्रकाश

काठमाडौं,नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई भन्दा कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै महामन्त्री शर्माले ‘अहिलेको प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकतामा र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘यो सरकारसँग नागरिकहरूको धेरै अपेक्षा छ, त्यो सम्बोधन गर्नुपर्छ।’

एमाले नेता, कार्यकर्तालाई ओलीको निर्देशनः निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए।प्रधानमन्त्री ओलीले एक एक जालले समुद्र समेट्न नसक्ने उल्लेख गर्दै समुद्ररूपी एमालेमा पनि गुटबन्दी … Read more

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ … Read more

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसका शाह मुख्यमन्त्री बन्ने

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो । केन्द्रमा भएको नयाँ सत्ता समिकरण र सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनेछ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले … Read more

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँः प्रधानमन्त्री

काठमाडौँ:  पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्रीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई अनुरोध समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले ती विमानस्थललाई कसरी … Read more