संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं। सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक  निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन्। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव … Read more

कैलाश सिरोहियासँग कुनै रिसइबी छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई सरकारले कुनैपनि प्रतिशाेध राखेर पक्राउ नगरेको जनाएका छन्। पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन्। ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, ’ उनले भने। सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने … Read more

सदन र सडक आन्दोलनलाई प्रभावकारी बनाउने कांग्रेसको तयारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए। कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति … Read more

प्रधानमन्त्रीको सम्पत्ति: भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति … Read more

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?

काठमाडौं। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन्। यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन्। यस्तै श्रीमती … Read more

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई … Read more

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए। सभामुख देवराज … Read more

संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति कांग्रेसप्रति प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले । त्यसपछि जवाफ दिन रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोखे । उनले … Read more

सुशासनको आशा जागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गरे । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको बताए । सरकारले सबैजसो … Read more

कांग्रेसका प्रतिनिधि नआउँदा कार्यव्यवस्थाको बैठक प्रभावित

नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ … Read more