लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे । उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च … Read more

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने … Read more

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ । शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो। ‘महानगरपालिकाले … Read more

काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो। संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख … Read more

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर … Read more

प्रधानमन्त्री र ओलीबीच भेटबार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो। संसद अधिवेसनको बिषयमा दुबै नेताबीच छलफल भएको हो ।

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपनाः प्रमुख दाहाल

चितवन। बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो। फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ। प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठे हर्षित हुँदै धन्यवाद व्यक्त गरे। काठमाडौँबाट फोनमा हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । … Read more

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडाैं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको … Read more

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाइहरुको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा … Read more

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरी थाङपालको प्रशासकीय भवन उद्घाटन

सिन्धुपाल्चोक। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन्। बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए।