बाढीले बगाएका मजदुरको शव फेला

टक्सार (भोजपुर)- बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ। भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए।इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा … Read more

वागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वागमती  सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा … Read more

बढ्यो बागमतीको मन्त्रीमण्डल सङ्ख्या, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । प्रदेशका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका … Read more

आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

काठमाडौं,-  सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख … Read more

बागमतीका मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं I  बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्। को … Read more

बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, लामा मुख्यमन्त्री बन्दै

हेटौंडा| बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन्। सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो। नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान … Read more

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।  नारायणी नदीको … Read more

रङ्गशालाको स्तरोन्नतिका लागि एक करोड बजेट

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्  । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण … Read more

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीहरु गत जेठ … Read more

आजको मौसमः यी तीन प्रदेशमा वर्षा हुने,पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

काठमाडौं,जेठ ३२- देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया … Read more