जानाजान पैसा नभएको चेक दिनेलाई दुई बर्षसम्म कैद सजाय हुने

काठमाडाैं। चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजाय हुने भएको छ। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणीत भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो। … Read more

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं। ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत … Read more

आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय

मुग्लिन:  चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा … Read more

आज हरितालिका तीज पर्व मनाइँदै

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ। आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन्। यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको … Read more

नारीहरूको पर्व हरितालिका तीज आज धुमधामका साथ मनाइँदै

काठमाडौं , भदौ २१। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो … Read more

चेपाङ् बालबालिकासंग युनियनको दर

चितवनः नेपाल प्रेस युनियन चितवनले चेपाङ् बालबालिकालाई दर खुवाएको छ । हरितालिका तिजको अबसरमा युनियनले आज रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गामबेशीको चेपाङ् संरक्षण केन्द्रमा रहेका १५० जना बालबालिकालाई लट्टे खुवाएको हो । हरेक चाडपर्बमा मासु भात मात्रै खाने गरेका यहाँका बालबालिकालाई यो परिकार नौलो मानेर खाएका थिए । यस केन्द्रमा ४८ जना … Read more

चेपाङ बालबालिकालाई लट्टे

चितवनः १४ वर्षिया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिंदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर ११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी चेपाङले यस अघिका पर्वमा मासु र भात मात्रै खाएको सुनाउनुभयो । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो … Read more

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

महेन्द्रनगर। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्। बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए। “अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ ।” गृहमन्त्री लेखकले भने–“नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उनले नेपाल … Read more

समाजसेवी इशा गुरुङले प्रकाशलाइ गरिन एक लाख नगद सहयोग

काठमाडौँ , भदौ १८। पोखरामा घर भइ बेलायतमा बस्दै आएकी इशा गुरुङले हेर्ने कथाका चर्चित पात्र प्रकाश तमाङ्ग लाइ एक लाख नगद दिएकि छिन। आज आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै इशाले आफुले यस अगाडि नै एक लाख दिने भेनेर घोषणा गरेको र त्यो पुरा गरेको कुरा बताएकी छिन। उनले भनेकी छिन ” मैले प्रकाश तमाङ्ग … Read more

एलिसा न्यौपाने हत्यामा संलग्न आरोपित समीर खान पक्राउ

काठमाडौँ:  मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। यही भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्। घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा-५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी … Read more