परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

बाँके। बाँकेको नरैनापुर गाउँपालिका-३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन्। घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो। श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट संक्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि … Read more

सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी

काठमाडौं। सहकारीको बचत ठगीको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ। आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ। समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो। समितिको … Read more

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो। जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा … Read more

आज बावुको मुख हेर्ने दिन गोकर्णेश्वरमा पिण्डदान र सिदादान गर्नेको घुइँचो

काठमाडाैं। आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेकाे छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ। ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना … Read more

भरतपुरको आँपटारीमा रुख ढल्दा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर:  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित आँपटारीमा ठूलो रुख ढलेर नारायणगढ-मुग्लिङ सडकखण्डको सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो। सडक खुलाउन अझै ३० मिनेट लाग्ने उनले जानकारी दिए।

घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक अवरुद्ध

भरतपुर: गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न … Read more

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

चितवन। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । अहिले उद्धारको काम चलिरहेको … Read more

स्पन्दन नेपालको रक्तदानमा ५७ युनीट रगत संकलन

 भरतपुर – हरीतालीका तीजको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्पन्दन नेपालको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । नारायणी पब्लिक कलेजमा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेकाछन् । जसमा ३९ पुरूष र १८ महिलाले रक्तदान गरेका हुन् । सामाजिक कार्यमा सकृय सस्था स्पन्दन नेपाललले हरीतालिका तीजको अबसरमा मानवसेवा , स्वास्थ सेवालाई सहयोग … Read more

कात्तिक १५ मा थपियो ‘पूर्ण बहादुरको सारङ्गी’, त्रिपक्षीय भिडन्त निश्चित

दशैंको फूलपातीपछि अब तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । शुक्रबार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । … Read more

सगरमाथा जोगाउने शेर्पाहरू हुन्ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गरेका छन् । नेपाल  पर्वतीय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए । मन्त्री पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोर्खाली … Read more