पर्वतमा गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ । स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत … Read more

महाकाली नदीको कटानले बस्ती जोखिममा

महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती जोगाउन सरकारसँग … Read more

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो । गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर … Read more

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट रु … Read more

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डिप बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीले एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा … Read more

शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा एक जना प्रकाउ परेका छन् । रुबीको हत्या आरोपीमा प्रहरीले शरीर जलेको अवस्थामा एक जनालाई प्रकाउ गरेको छ । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी … Read more

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कृष्णपुर नगरपालिका -१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उहाँको घर भत्काएको हो । सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताउनुभयो । उहाँका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न … Read more

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

नेपाली नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ । तीजको गीत … Read more

पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

प्रायःक्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली ठमेलमा भइरहेको कला … Read more

सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

पूर्व(पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे(सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही … Read more