फिस्लिङ्गमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

चितवन ।फिस्लिङ्गमा लेदो सहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ६ बजे ३५ मिनेटमा ईच्छाकामना गा गाउंँपालिका वडा नम्बर ३ स्थित मौवाखोला र फिस्लिङ बीचमा पहिरो जांँदा सो सडकखण्ड एकतर्फी सञ्चालन भएको हो । हालपनि सडकमाथिबाट पहिरो खसिरहेकोले हटाउनको लागि पहल भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान … Read more

जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

काठमाडौं। जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गरेका छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले … Read more

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ … Read more

नक्कली शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं,बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेका हुन् ।

दैलेखको लाहोरे खोला तटीय क्षेत्रमा दिउँसोसम्म सावधानी अपनाउन आग्रह

काठमाण्डौ – दैलेखको लाहाेरे खोला तल्लो ढुङगेश्वर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दोक्रममा रहेकाले लाहाेरे खोला तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सावधानी अपनाउन भनिएको छ । यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, बर्दियाको रम्भापुर, रानीजरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा आज बिहान मध्यम वर्षा भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने … Read more

कान्तिपुर डेण्टलको दोस्रो शाखा भरतपुरमा, दन्त उपचारको सम्पूर्ण सेवा दिने

चितवन – कान्तिपुर डेण्टल सेन्टरको दोस्रो शाखा भरतपुरको एयरपोर्ट अगाडि शुभारम्भ गरीएको छ । हिजो भदौं १ गतेबाट कान्तिपुर डेन्टल सेन्टरले भरतपुर १० स्थित एयरपोर्ट गेट अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको हो । दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस सेन्टरले हिजोबाट दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरबाट … Read more

एक करोडको कोष बनाउने गरी ‘डा. अजय एण्ड डा.सरु फाउण्डेशन’ स्थापना

चितवन। यहाँका एक चिकित्सक दम्पत्तिले १० वर्षमा एक करोड कोष बनाउने गरी फाउण्डेशन स्थापना गर्नुभएको छ । दन्त रोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा.सरु फाउण्डेशन’ स्थापना गर्नुभएको हो । फाउण्डेशनको शुक्रबार साँझ चितवनको पर्यटकीय नगरी सौराहामा औपचारिक शुभारम्भ गरिएको छ । फाउण्डेशन स्थापनाबारे जानकारी दिंदै डा.न्यौपानेले फाउण्डेशन मार्फत् … Read more

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं। सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएकाे छ। बाढीबाट निजी भवन, … Read more

ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बदगामामा कन्चनपुरबाट भारदह तर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको डिजल लोड गरेको ट्याङकरले भारदहबाट कन्चनपुरतर्फ आउँदै गरेको प्र १-०२-०४७ प १२८० को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेशकुमार मेहताको घट्नास्थलमै मृत्यु भएको थियो । सोही मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहता घाइते … Read more