सिमलताल दुर्घटनाः आज ४० किलोको चुम्बक प्रयोग गरी बेपत्ता बस खोजिने

चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने कम्तिमा ३८ जना बेपत्ता छन् । २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्रै सनाखत भएको छ । भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र … Read more

चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

चितवन: चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो । अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई भरतपुर–८ अशोकचोकमा गयराती ११ः५५ बजे बा.प्र.०१–०२७ च ५६१९ नम्बरको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । … Read more

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ

चितवन :  संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई जनालाई सालकको अखेटोपहारसहित पक्राउ गरिएको थियो । गत असार ५ गते पक्राउ परेका दुई जनाबाट अनुसन्धानको क्रममा … Read more

चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

चितवन I नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय … Read more

पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

रामेछाप। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुको पहिरे भन्ने स्थानमा बिहीबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ। स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ, १४ बर्षकी आसिका तामाङ र १३ बर्षकी लक्ष्मी तामाङ रहेका छन्। स्थानीय गोपी तामाङका … Read more

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ४५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका … Read more

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं। सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ। आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा … Read more

भिमेश्वर मन्दिरकाे शिलामा फेरि आयाे पसिना: पसिना आएमा के हुन्छ?

काठमाडौँ- दोलखाको भिमेश्वर मन्दिरकाे शिलामा फेरि पसिना आएको छ। ५ दिन अगाडि शनिबार पनि मन्दिरको शिलामा पसिना आएको थियो।मन्दिरका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार बुधबार शिलाको पुरै भागमा पसिना आएको छ। बुधबार १२ २५ देखि आएको पसिना ३ बजेर १३ मा रोकिएको हो। त्यो शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक परम्परा रहेको छ । शनिबार पसिना आएपछि तान्त्रिक विधिबाट पुजा गरिएको … Read more

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

काठमाडौं- नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । … Read more

सौर्यको जहाज दुर्घटना भएपछि सबै उडान तथा अवतरण बन्द, केही विमानहरू आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा … Read more