प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ ।धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले … Read more

किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीका किशोरीहरूलाई सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम दिने काम भइरहेको छ ।  तस्वीरः ध्रुवसागर शर्मा/रासस ।

रोपाइँको तयारी

रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलो भएपछि यहाँका किसान पन्पिङ सेटबाट पानी तानेर रोपाइँको तयारीमा  लागेका छन् । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

एकै गाउँका तीन किशोरी बेपत्ता

दमक, झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।१३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता भएका भएको किशोरीहरूका … Read more

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियो, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीबाट जनकपुर आइरहेको बस दुर्घटना भएको हो । बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० … Read more

अछाममा छाउगोठमा किशोरी बलात्कृत, एक जना पक्राउ

अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन्। पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले पिडित किशोरीलाई … Read more

नक्कली बिहे’ गरेर केटालाई डिपेन्डेन्टमा अमेरिका पुर्‍याएकी युवतीले नेपाल फर्केर हालिन् श्रीमान्‌विरुद्ध बलात्कार मुद्दा

काठमाडौं । २०७५ चैतको अन्तिम साताको कुरा थियो । दुईजना पण्डितले भद्रकाली मन्दिरमा जग्गेमा रेखी हाले । जग्गे वरपर रेखीमाथि केही टपरी राखियो । तर, टपरीमाथि धान र केही पैसा पनि । केरा, नरिवल अन्य फलफूल पनि थियो । चिटिक्क परेर चार/पाँचजना जन्ती जग्गेनजिकै आए । सारी लगाएका एक हुल महिला पनि थिए । हुलबीच हाँस्दै आइन्— … Read more

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषले काठमाण्डौको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएपनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले १५ दिने सूचना जारी गरेको हो । काठमाण्डौ महानगरपालिका वडा–८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, … Read more

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।” समयमै … Read more

भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–६, नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । १५ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको बिहीबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । ०८० चैतदेखि पटक–पटक ती किशोरीको बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइएको … Read more