११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाली काग्रेस चितवन महिला विभागको अन्तरसंवाद

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली काग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रममा आजपनि महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औल्याइयो । संविधानले प्रदत्त गरेका अधिकारहरु पुर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्म सबै महिलाहरु एक भएर ससक्त रुपमा आवाज … Read more

क्यान्सरभित्रको विकृति र विसंगतीका विरुद्धको अधिकारकर्मी र सरोकारवाला एक ठाउंमा

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विरामीहरुलाई फलफुल नरिवलपानी वितरण गरिएको छ । चितवन जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा अस्पतालमा भर्ना भई उपचाररत २ सय बढी विरामीहरुलाइै फलफुल तथा नरिवल पानी वितरण गरिएको हो । विरामीहरुको विषयमा अस्पताल प्रशासन संवेदनशील नबनेको, … Read more

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

फागुन २३, चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका … Read more

बोलेरो जीपको ठक्करबाट एकै घरका दिदी बहिनीको मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ। त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित … Read more

शंखरापुरको एक आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका -६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन्। उनीहरूको वास्तविक पहिचान भने थाहा छैन। यी नाम पनि संस्थाले राखेको हो। आज बिहान ३ः४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित … Read more

सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

हेटौँडा:  जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला … Read more

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ। पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ। थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन। थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो। सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा … Read more

१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य

काठमाडौं। पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन्। यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए। मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट … Read more

मलद्वारमा लुकाएको चार किलो सुन भन्सार जाँच पासपछि कसरी भयो बरामद?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्रिने क्रम रोकिएको छैन। बुधबार मात्र भन्सार परिषरबाट चार विदेशी नागरिकलाई प्रहरीले अवैध सुनसहित नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट तीन महिला र एक पुरुष मलद्वारमा करिव चार किलो अवैध सुन बोकेर काठमाडौं आएका थिए। त्यसरी आउनेमा उज्वेकिस्तानी नागरिक गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना … Read more

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौं। महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए। सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका … Read more