सन्दीपको मुद्दाको पेसी आज

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आजका लागि पेसी तोकेको छ। गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न … Read more

नारायणगढको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो । विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि … Read more

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा। जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार बरामद गरेको उनले बताए। गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका-१९ … Read more

विकारल बन्दै वन डढेलो, तुवाँलोले आकाश ढाक्दा उडान प्रभावित

काठमाडौं। वन डढेलो र आगलागीको घटना दिनानु दिन बढ्दै गएको छ। आगोलागीमा परी दर्जनौ घर र सयौ हेक्टर वन क्षेत्र खरानीमा परिणत भएको छ। डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण मनवको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ भने आखाँ पोल्न र पिरो धुँवाको महसुस ले कठिनाइ बढ्दै गएको छ। हिजो तस्करबाट … Read more

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित

चितवन:  निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिव प्रसाद लौडारीले ६ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत … Read more

देवघाट संरक्षक प्रतिस्ठानद्वारा डा. पौडेल र पिया सम्मानित

देवघाट संरक्षक प्रतिस्ठानद्वारा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा डा. टंकनाथ पौडेल र शैलेन्द्र कुमार पिया सम्मानित हुनु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा रहेर गरेको कार्यको उच्च मुल्यांकन गर्दै हिसेन इन्टरनेसनल युनिभर्सिटी इन्डियाद्वारा मानर्थ विधा वारिधी (Honory PHD) ले डा … Read more

झापामा छात्रालाई गोली हान्ने उनकै पूर्वशिक्षक

विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन … Read more

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै

काठमाडौं। आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक … Read more

सहकारी समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो। बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ। … Read more

चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन:  चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ बस्ने १८ वर्षीय सुमित महतो रहेको प्रहरीले बताएको छ । बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवनले चलाएको ना २२ प ३४४४ … Read more