देवघाट संरक्षक प्रतिस्ठानद्वारा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।
सो कार्यक्रममा डा. टंकनाथ पौडेल र शैलेन्द्र कुमार पिया सम्मानित हुनु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा रहेर गरेको कार्यको उच्च मुल्यांकन गर्दै हिसेन इन्टरनेसनल युनिभर्सिटी इन्डियाद्वारा मानर्थ विधा वारिधी (Honory PHD) ले डा पौडेललाई सम्मान गरेको हो । डा . पौडेल देवघाटधाम संरक्षक प्रतिस्ठानको स्थापनाकालदेखि नै सल्लाहकार रहि कार्य गर्नुभएको थियो ।
साथै देवघाटधाम संरक्षक प्रतिस्ठानले निर्माण गर्न लागेको ३० फिट अग्लो अष्ट धातुको शिव प्रतिमा कार्यमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सल्लाह सुझाव प्रदान गर्नु भएको थियो । त्यसै गरि शैलेन्द्र कुमार पिया पनि सम्मानित हुनु भएको हो ।कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले निर्माणाधीन अष्ट धातुको शिव प्रतिमाको लागि प्रदेश सरकारका तर्फबाट साथ सहयोगको आशा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदैँ बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले देवघाटधाम जस्तो पबित्रस्थल अन्त नभएको बताउदै प्रतिमा निर्माणका लागि आफुले सक्दो सहयोग र पहल गर्ने साथै यस आर्थिक वर्षमा केही बजेट प्रतिस्ठानलाई प्रदान गर्ने विश्वास दिलाउनु भएको छ । कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष ढुण्डिराज सिलवाल, संरक्षक बालकृष्ण अर्याल, भरतपुर १ का वडा अध्यक्ष केशव महर्जन , सदन बराल , मुकुन्द सरण सिग्देल , प्रेम गैरे, उतम सेढाई लगायतको उपस्थिति रहेको थियो ।