कुशल भुर्तेलले खोले आधिकारिक फेसबुक पेज, एक घण्टामै बढे १४ हजार फलोअर्स

ओमानमा सम्पन्न टी–२० विश्वकप एशिया छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर कुशल भुर्तेलले आजबाट आधिकारिक रुपमा फेसबुक पेज खोलेका छन् । अहिलेसम्म सामाजिक संजालमा फेसबुकमा नजोडिएका भुर्तेलले फेसबुक पेज खोलेको एक घण्टामै १४ हजार फलोअर्स पाएका छन् । भुर्तेलले पेज खोलेपछि पूर्व कप्तान तथा नेपाली टोलीका मूख्य स्पिनर सन्दीप लामिछाने पेज सेयर गर्दै फलो गर्न … Read more

अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी

भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आउनुभएको छ । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गर्नुभएको हो । आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताउनुभयो । करिब आठ वर्षअघिदेखि मौसमी … Read more

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गर्नुभएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका … Read more

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन दिइने

बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले बताए । सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन्। योसँगै अब अदालतसँग वार्ता र सम्झौता … Read more

टीओबी समूहका लिडर तेन्जिङको नागरिकताको विवरण भेटिएन

जेनजी प्रदर्शनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावा लामाको नागरिकताबारे प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले जवाफ दिएको छ । तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताको विवरण पठाउन जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तेन्जिङको नागरिकताको विवरण नभेटिको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । उनले भने– ‘प्रदर्शनमा … Read more

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिनुभयो । “यसपटक दसैँका समयमा कतिपयले … Read more

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन

सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलित छन् । प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीसँग छलफल गरेर … Read more

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो । पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी नेतृत्वमा … Read more

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले टावरको वाल … Read more

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म रु छ करोड १० लाख सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा रु छ करोड १० लाख सङ्कलन भएको हो । जेनजी … Read more