‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी भएको बताउनुभयो । यसअघि पनि देशभरका सबै पालिकामा युवापरिषद् वा युवाका नाममा कुनै … Read more

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश

जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले  लगाएका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो आरोप लगाउँदै कारबाही गर्न समेत माग गरेका छन् । ‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले … Read more

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । … Read more

‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन । शुक्रबार बिहान सार्वजनिक चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको … Read more

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन … Read more

जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

सुर्खेत प्रहरीले जुवातास खेलिरहेका ११ जनालाई बिहीबार बेलुका साढे ६ बजेतिर ८ बुक ४३ पत्ती (खोलेको) तास र ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ गरेको हो। वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। घरधनी खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ … Read more

चितवनमा यस वर्ष विद्युतीय सामग्रीको व्यापार घट्यो

नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती(विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । लामिछाने भन्नुहुन्छ, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ … Read more

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै … Read more

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । शुक्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम … Read more

समोअसँग आज अन्तिम खेल खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । नेपालले समोअविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको … Read more