चितवनमा थपिए ९५० नयाँ मतदाता

निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो । कार्यालयका … Read more

काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् । प्रशासनको सूचनामा कुनै निश्चित सूमह तोकिएको छैन । तर, फरकफरक समूहले भोलि … Read more

तिहारमा स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउन विदेशी फूल प्रतिबन्धित

काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका … Read more

देवघाटको शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण

सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माणसम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ । देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो । आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शवदाह गृह … Read more

राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल कतारको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमणमा जाने भएका हुन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ । “कतारका अमिर शेख तमिम बिन हमद अल थानीले राष्ट्रपतिलाई कतार भ्रमणको निम्तो पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “राष्ट्रपतिको कतार भ्रमणको प्रारम्भिक तयारी सुरु भएको … Read more

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक … Read more

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ । ‘स्टार्टअप हब नेपाल’ र ‘वर्ल्ड ट्रेड गु्रप’ले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तरराष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल विजेता डिएल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे बिहीबार अमेरिका प्रस्थान गर्नुभएको हो । रु १४ करोड ४० लाख … Read more

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसायी

कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक … Read more

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् … Read more

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति … Read more