२ दिनभित्र काठमाडौंमा १० हजारको जुलुस गर्छौं, एमाले पुरानै अवस्थामा फर्कियोः महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक/दुई दिन भित्र काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्‌घोष गरे । जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा बस्नेतले दुई दिन भित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा … Read more

‘एनपीएल तोकिएकै समयमा हुन्छ’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी भएको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए । ‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने । … Read more

नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका माओवादी केन्द्रका अध्यक्षप्रचण्ड र समाजवादीका अध्यक्ष नेपाल नियमित काममा फर्किएका हुन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित … Read more

दसैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न हुनेभएको छ । रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दसैँअघि नै पुल तयार हुने भएको छ । आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर … Read more

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरेको नगद र सुनचाँदी फिर्ता

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब … Read more

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा हुनुहुन्छ । अर्थ … Read more

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल जानुभएको छ । प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ । आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) … Read more

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएर उपचारका लागि ल्याइएका ४ सय ६१ जना मध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएका मध्ये ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन्, भने  ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको … Read more

जेनजी युवा आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक

जेनजी युवा आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका हुन् । नेपाली सेनाले आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । जेनजी आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा पनि आगजनी भएको थियो ।

चितवन कारागारबाट गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई … Read more