प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह

अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानि अपनाउन विज्ञहरूले आमसर्वसाधरणसँग आग्रह गरेका छन् । विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी … Read more

चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ तीन जना घाइते

चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ तीन जना घाइते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ … Read more

चितवनको माडीमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको … Read more

मनाङ यात्रामा मौसम बाधक

हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ । बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए । दसैँको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय … Read more

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् । बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य … Read more

तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा

तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१ प्रतिशत र मध्यमस्तरको खानेपानी पहुँच ३४ दशमलव … Read more

जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्याको आरोपमा प्रकाउ

धादिङ धारिलो हतियार प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यम कँडेल (जिरे)ले हिजो (आइतबार) हतियार प्रहार गरि ५४ वर्षीया आमा राममायाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र … Read more

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक … Read more

सडकमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई चिकित्सकले ८: ४० बजे मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई अस्पताल पुर्‍याइएको थियो । अन्दाजी ३०–३५ वर्ष … Read more

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा व्यवसाय … Read more