सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई … Read more

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल … Read more

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो । गम्भीर घाइते … Read more

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउनुहुन्छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त हुनुहुन्छ … Read more

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको वार्षिक प्रगति समीक्षामा उहाँले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिनुभयो । … Read more

बाढीमा बगेर दुई युवकको मृत्यु

दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका … Read more

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र … Read more

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्तीं )र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो । यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएका श्रेष्ठले … Read more

डि मल्टी स्टुडियोको वेबसाइट लन्च: घरमै बसी फोटो फ्रेम र गिफ्ट अर्डर गर्न सुविधा ।

भरतपुर, चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ (Website Link: Dmultistudio.com )। जसबाट ग्राहकहरूले अब घरमै बसेरनै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन्। डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका … Read more

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ । यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पुरानो दृष्टिकोणलाई तोड्दै समान अवसर, आत्मसम्मान र सशक्तीकरणको नयाँ युग सुरु भएको सरोकारवालाको विश्वास छ । पोखराको शहिदचोकमा यही भदौ ३ गतेको साँझको माहौल अलि फरक थियो । … Read more