महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी … Read more

स्थानीय सरकारको पहलः रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र … Read more

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१र८२ … Read more

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एसोसियसनका सचिव डा सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गर्नुभएको विद्यावारिधि (पीएचडी) को अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उहाँले भन्नुभयो, “बोर्डले तथ्य … Read more

चितवनको फोर्ब्स कलेजमा बीबीए : एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

चितवन – भरतपुर-२ क्षेत्रपुरस्थित फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर यस वर्षदेखि बीबीए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजमा उक्त कार्यक्रमका लागि ६६ विद्यार्थीको कोटा तोकिएको छ र हाल भर्ना प्रक्रिया जारी रहेको कलेजले जनाएको छ । कार्यक्रम सुरु हुनासाथ यस वर्ष मात्र एक करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले … Read more

एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि हुने भएको छ । बिहीबार नेपाल प्रिमियर लिगको सामाजिक सञ्जाल पेजमार्फत एनपीएलको दोस्रो संस्करणको मिति घोषणा गरिएको हो । जसअनुसार, एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुनेछ । एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि … Read more

खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उहाँको टिप्पणी छ । आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्नुभयो । उहाँले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताउनु … Read more

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लाग्नु भएको छ । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यवसायिक ड्रागन खेतीमा लाग्नु भएको हो । सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गर्नुभएको छ … Read more

भारत–चीनको लिपुलेक सहमतिमा सत्तापक्ष र प्रतिपक्षले गरे संसद्‌मा विरोध

भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति सत्तारूढ र विपक्षी दलले विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठमा सत्तापक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको भूमिमा नेपाललाई जानकारी नै नदिई गरिएको सम्झौता गलत भएको बताए । “लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो, त्यसमार्फत सीमा व्यापार गर्ने जे सम्झौता भयो … Read more

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

बजेट अभावका कारण हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा पुल निर्माणमा ढिलाइ भएको छ । हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा दुई वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने … Read more