नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न … Read more

चाडपर्वलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत गरिँदै

नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उहाँले भन्नुभयो, “दसैँ, … Read more

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो … Read more

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब … Read more

दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्ः प्रधानमन्त्रीका सल्लाहकार रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू बन्द हुने स्पष्ट संकेत गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अदालतको आदेशसमेतका कारण दर्ता हुन नआएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका हुन् । सामाजिक सञ्जाल शीघ्र दर्ता भई प्रयोगमा फर्किने … Read more

आज सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो … Read more

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौंः शंकर पोखरेल

सरकारले दर्ता हुन नआएका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द नभएर नखुल्दासम्म असल परम्पराहरू पुनर्स्थापित गर्नुपर्ने बताएका छन् । महासचिव पोखरेलले बिहीबार बिहान फेसबुकमा सन्देश दिँदै लेखेका छन्, सामाजिक सञ्जाल बन्दभई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद् अनुभूति हुनेछ … Read more

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबार २० गतेदेखि असोज १० गतेसम्म

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ । परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव … Read more

‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’

नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उहाँले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसङ्ख्यालाई पुग्ने खाद्यान्न उत्पादन … Read more

भक्तपुरमा इन्द्रजात्रा सुरु

परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई … Read more