भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् । गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड … Read more

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका महतोको शव फेला

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जाने क्रममा कालिका नगरपालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई एक्कासी आएको बाढीले बगाएको थियो । उनको शव आज (बिहिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले … Read more

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस अवसरमा … Read more

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई … Read more

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर … Read more

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम

चितवन, भाद्र ४ –लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको कन्या गुरुकुलमा खाना खुवाएको छ । क्लबले देवघाटको गार्गी कन्या गुरुकुलमा तीजको अवसरमा खाना खुवाएको हो ।  अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताउनुभयो । आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रीत गर्ने अध्यक्ष  पन्तले बताउनुभयो … Read more

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । कुनै समुदायको अस्थित्व … Read more

नेपालको लगातार दोस्रो जित

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो । मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे । रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल … Read more

सरकारको काम प्रभावकारी नहुँदा जनतामा असन्तुष्टि चुलियो:जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारको काम कारबाही प्रभावकारी नहुँदा जनतामा असन्तुष्टि प्रकट भइरहेको बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले जनताको असन्तुष्टि ठूलो चुनौतीको बनेको बताएका हुन्। ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ, ‘उनले भने, ‘यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि … Read more

नेपाललाई जानकारी नदिई लिपुलेक हुँदै व्यापार खोल्न भारत र चीन सहमत

भारत र चीनले १० वर्षपछि पुनः लिपुलेक पास हुँदै व्यापार खोल्ने सहमति गरेका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले भाद्र २ र ३ गते भारत भ्रमण गरेका हुन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भएको वार्तामा लिपुलेक, शिपकी ला र नाथु ला पासमार्फत सीमा व्यापार … Read more