पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक

तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो । “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो … Read more

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मुलुक सङ्घीयतामा गएसँगै … Read more

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो । पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिनुभएको … Read more

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । नेपालले हालसम्म खेलको चार खेलमा … Read more

एकै दिन १६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी थिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’उनले भने, ‘युवाहरू उद्यम, … Read more

अफगान आप्रवासी बोकेको बस दुर्घटना: १७ बालबालिका समेत ७३ को मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको भीषण सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्। तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मत्ताकीका अनुसार इरानबाट निर्वासित गरिएका अफगान आप्रवासी बोकेको बस मंगलबार राति एक ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो। बस काबुलतर्फ जाँदै थियो। दुर्घटनामा बसभित्र … Read more

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान … Read more

मन्थली (रामेछाप), भदौ ४

लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो । यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ । रासस

रासस र एएनआईबीच सहकार्य विस्तार हुने

राष्ट्रिय समाचार समिति (रासस) र भारतको प्रतिष्ठित समाचार एजेन्सी (एएनआई) बीच सहकार्यसम्बन्धी सम्झौता पुनरावलोकन गरी अद्यावधिक गर्ने विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालयमा आज रासस र एएनआईबीच समाचार आदानप्रदानलगायतका विषयमा छलफल भएको हो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पछिल्ला दिनमा गरेका संस्थागत सुधार र विकासका प्रयासबारे जानकारी गराउनुभयो । … Read more