भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान … Read more

मन्थली (रामेछाप), भदौ ४

लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो । यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ । रासस

रासस र एएनआईबीच सहकार्य विस्तार हुने

राष्ट्रिय समाचार समिति (रासस) र भारतको प्रतिष्ठित समाचार एजेन्सी (एएनआई) बीच सहकार्यसम्बन्धी सम्झौता पुनरावलोकन गरी अद्यावधिक गर्ने विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालयमा आज रासस र एएनआईबीच समाचार आदानप्रदानलगायतका विषयमा छलफल भएको हो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पछिल्ला दिनमा गरेका संस्थागत सुधार र विकासका प्रयासबारे जानकारी गराउनुभयो । … Read more

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग … Read more

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, … Read more

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिनुभयो । … Read more

‘जहाँ गर्मी भुल्न आउँछन् तराईवासी’

तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले पनि साथ छोड्दैन । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई करकरेको रसिलो भुइँकटहरले स्वागत गर्दछ । सिन्धुलीको सदरमुकाम, माढीबजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने कमलामाई नगरपालिका–८ करकरेलाई भुइँकटहरको … Read more

टप इन्ड सिरिजमा नेपालको पहिलो जित, नन्दन यादवले लिए ५ विकेट

अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नेपाललाई ६६ रनको फराकिलो जित दिलाउन फास्ट बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।  

रवि लामिछानेलाई भिटामिन डी को कमी

थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई भिटामिन डी को कमी देखिएको बताए । “सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र थुनेर राखेको, … Read more

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान … Read more