सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ

शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय … Read more

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो । गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर … Read more

चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान

चितवन, १४ भदौ । लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता … Read more

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट रु … Read more

दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो । जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय … Read more

मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले मनाङ १ (२)० मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो । सोहीदिन रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । ०७९ को निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको … Read more

प्रधानमन्त्री ओलीको सम्बोधनमा सबै सांसदलाई बैठकमा उपस्थित हुन सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नुहुने भएकाले सबै सांसदलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । ‘भिजिट भिसा’लगायत प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिने गरेपछि आज प्रधानमन्त्री ओलीको सम्बोधनमा बसिदिन आग्रह गर्नुभएको हो । सभामुख … Read more

भारत-चीनसँग दृढ भएर वार्ता गर्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुअघि सीमाबारे सदनबाट साझा धारणा बनाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि यो सदनले सत्ता र प्रतिपक्ष भन्दा पनि माथि उठेर राष्ट्रिय सार्वभौमिकता र सीमाको पक्षमा सर्वसम्मत साझा धारणा बनाउन माग गर्दछु ।’ उनले सोही अवधारणकै आधारमा छिमेकी … Read more

सदनको अवरोध हटाउन सरकार र प्रतिपक्षीबीच संवाद नहुँदा चिन्तित छुः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा गरिरहेको अवरोध हटाउन सरकारको तर्फबाट संवाद नभएको भन्दै ध्यानाकर्षण गराएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्। ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका … Read more

दोस्रो टी-२० मा नेपाल ‘ए’ ले आसामलाई दियो १७४ रन लक्ष्य

भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ए ले आसामलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । … Read more