तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ … Read more

सप्तगण्डकी क्याम्पसमा बिटम्याप सोलुसन र इन्टेल्जी सफ्टवेयरको सहकार्य

सप्तगण्डकी बहुमुखी क्याम्पसले सूचना प्रविधि (आईटी) क्षेत्रमा व्यावहारिक शिक्षा र रोजगारीमुखी अवसर विस्तार गर्ने उद्देश्यले दुई निजी आईटी कम्पनीसँग सहकार्य गरेको छ। आज (शुक्रबार) बिटम्याप सोलुसन प्रा. लि. तथा इन्टेल्जी सफ्टवेयर प्रा. लि. को र क्याम्पससँग औपचारिक रूपमा सम्झौता भएको हो। सम्झौता पत्रमा बिटम्यापका सुदीप पराजुली र इन्टेल्जीका सहित बरालले हस्ताक्षर गरेका छन्। क्याम्पस प्रमुख … Read more

पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा

पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा भएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको … Read more

खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको बताएका छन् । ‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरु मुलुकको गौरब हुन्’, पुनले भने, ‘कुनै … Read more

नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छन्। कान्तिपथको होटल एल्लो प्यागोडामा बस्ने गरी उनले यही भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ। … Read more

जापान पुगे भारतका प्रधानमन्त्री मोदी,अमेरिकासँगको तनाव कायमै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् । प्रधानमन्त्री मोदी दुई देश जापान र चीनको चार दिने भ्रमणमा गएका हुन् । प्रधानमन्त्री मोदीको जापान र चीन भ्रमण यस्तो समयमा भइरहेको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार र भन्सार नीतिका कारण भारत-अमेरिका सम्बन्धमा तनाव उत्पन्न भएको छ। जापान पुगेपछि प्रधानमन्त्री मोदीले एक्समा … Read more

सुनको भाउमा नयाँ रेकर्ड,तोलाकै २ लाख नाघ्यो

शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख … Read more

नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य

स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व … Read more

राष्ट्रपति पौडेल सङ्खुवासभामा

राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ । राष्ट्रपति पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गर्नुभएको … Read more

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो । … Read more