जेनजीको प्रदर्शनः एक जना प्रर्दशनकारीको निधन, तीन पत्रकार घाइते

जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा गोली लागेका एकजनाको निधन भएको छ। उपचारका क्रममा बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दियो। मृतकको पहिचान भने खुलाइएको छैन। प्रर्दशनको रिपोटिङ गर्न पुगेका तीन पत्रकार पनि घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमै उपचार भइरहेको छ। घाइते हुनेमा नेपाल प्रेसकर्मी उमेश कार्की, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र … Read more

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो ११५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । रासस

काठमाडौंको माईतीघरमा जेनजी पुस्ताको प्रदर्शन

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको … Read more

संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

जेनजी पुस्ताका युवाहरूको आन्दोलन नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको छ । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो । प्रदर्शनकारीहरू संसद् भवन नजिकै पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरू संसद् भवनभित्रै छिर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको छ । … Read more

काठमाडौँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, … Read more

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका … Read more

देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताउनुभयो । “राष्ट्रियता … Read more

कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन्धमा छलफल गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक … Read more

सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ । ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । … Read more

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । … Read more