दुईवटै समूहको विजेता बन्यो एन्जल लर्ड स्कुल

काठमाडौँ, पुस १ शैक्षिक गुणस्तर विकाश तथा विधार्थीहरु को क्षमता विकाशका लागि काठमाडौँ स्थापना भएको संस्था डिन DEAN ले गत साता प्याब्सन अध्यक्ष प्रेम कुमार राईज्यूको प्रमुख आतित्थमा डिन अन्तर–विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ। ज्ञानमाला इङ्गलिस हाई स्कुल बौद्ध, रामहिटीमा सम्पन्न भएको कार्यक्रममा कोटेश्वोरमा अवस्थित एन्जल लर्ड एकेडेमीले जुनियर र सिनियर दुवै … Read more

हार्वड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन सम्पन्न: १०२ विद्यार्थीको सहभागिता

काठमाडौ , मङ्सिर २९ पोखरामा जारी हार्वर्ड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन १० चरणका खेलहरू सम्पन्न भएका छन्। च्याम्पियनशिपको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खत्री सभापतिको भूमिकामा थिए भने गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित भए । मन्त्री पौडेलले यस्तो प्रकारका खेलकुदले विद्यार्थीहरूको मानसिक क्षमता … Read more

हार्वड ओपन स्क्र्याबल च्याम्पियनसिपका लागि प्रभात माविका विद्यार्थीहरू पोखरा जाँदै

काठमाडौ , मङ्सिर २७ ललितपुरको प्रतिष्ठित प्रभात माध्यमिक विद्यालयका ८ जना विद्यार्थीहरू आगामी मंसिर २९ र ३० गते पोखरामा हार्वर्ड एकेडेमीले आयोजना गर्न लागेको हार्वर्ड ओपन स्क्र्याबल च्याम्पियनसिपमा सहभागी हुनका लागि शुक्रबार पोखरा प्रस्थान गर्दैछन्। विद्यार्थीहरूलाई विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको छ। यस अवसरमा विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूको उत्साहप्रति शुभकामना … Read more

लुम्बिनीविरुद्ध काठमाडौंको रोमाञ्चक जीत

काठमाडौं– नेपाल प्रीमियर लीग (एनपीएल) को १९ औं खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीको टीम ८५ रनमै अलआउट भएको हो । योसंगै काठमाडौंले लम्बिनीलाई १८ रनले पराजित गर्न सफल भएको हो ।

असदको बहिर्गमन अमेरिका र इसराइलको योजनामा भएको इरानको आरोप

इरानले सिरियाका राष्ट्रपति बशर अल-असदको बहिर्गमन अमेरिका र इसराइलको योजनामा भएको आरोप लगाएको छ। इरानका सर्वोच्च कमाण्डर आयातोल्लाह अलि खामेनीले सिरियाबाट भागेका राष्ट्रपति असदको बहिर्गमन अमेरिका-इसराइलको योजनामा भएको भन्दै आरोप लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ। ‘यसका षड्यन्त्रकारी र मुख्य कमाण्ड सेन्टर अमेरिका र जायोनिस्ट राज्य हो भन्नेमा कुनै शंका रहेन,’ खामेनीले भने, ‘हामीसँग चुनौती दिन नसकिने … Read more

दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते हुनुभएको थियो । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उहाँको आज बिहान मृत्यु भएको उहाँका आफन्त रेशमराज रोकायाले बताउनुभयो । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो । … Read more

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा प्रदर्शनी

चीन,  मङ्सिर २६- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले … Read more

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरेका हुन् । अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउनका लागि मात्रै … Read more

हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा

काठमाडौं– हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाहिकहरू सार्वजनिक गर्ने घोषणा गरेको छ। हिरो मोटोकर्पले आफ्ना उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। बहुप्रतिक्षित यी दुवै नयाँ बाइकहरू मंसिर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। नयाँ बाइकहरूले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई … Read more

सहकारी ठगी प्रकरण : रविलामिछानेलाई पोखरा पुर्‍याइयो

सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्‍याइएको  हो । उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।