मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गर्नुभएको छ । पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान … Read more

तीजको अघिल्लो दिन घट्यो सुनको मूल्य

आज सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनचाँदीकै मूल्य बढेको थियो। सुनको मूल्य हिजो तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियो हिजो सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच … Read more

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

नेपाली नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ । तीजको गीत … Read more

घेराबन्दीमा परेका प्रचण्डको छटपटी हेर्न लायक छः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्ड आफै विप्लवको घरमा पुगेर गरेको भेटघाटलाई छटपटीको संज्ञा दिएका छन्। प्रचण्ड र विप्लवको भेटघाटको तस्बिर सार्वजनिक गर्दे बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन । ‘जनार्दन शर्माको खुलेआम चुनौतीबिच प्रचण्ड आफैँ विप्लवको घर पुगेर महासचिव बन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको सङ्केत हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्। … Read more

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभएको थियो । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन … Read more

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिनुभयो । “आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका … Read more

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन रु दुई करोड ५६ लाखको लागतमा … Read more

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा … Read more

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो … Read more

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि दूधमा अनुदान … Read more