नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डिप बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीले एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा … Read more

आजदेखि भारतमाथि ५० प्रतिशत अमेरिकी कर लागू

अमेरिकाले भारतमाथि थप २५ प्रतिशत भन्सार गर्ने आधिकारिक सूचना जारी गर्दै आजदेखि नयाँ दर लागू गरेको छ। भारतीय समयानुसार बिहान ९ः३० बजेदेखि लागू भएको व्यवस्थाअनुसार अब भारतीय सामानमाथि कुल ५० प्रतिशत भन्सार हुनेछ। यसअघि भारतमाथि २५ प्रतिशत मात्र भन्सार गरिएको थियो। सूचनामा भनिएको छ, २०२५ अगस्ट २७ वा त्यसपछि आयात हुने वा गोदामबाट निकालिने कुनै … Read more

कोशी प्रदेश : कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन … Read more

शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा एक जना प्रकाउ परेका छन् । रुबीको हत्या आरोपीमा प्रहरीले शरीर जलेको अवस्थामा एक जनालाई प्रकाउ गरेको छ । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी … Read more

रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ। रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए।  

अकबरेबाटै लाखौँ आम्दानी

रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा हुनुहुन्छ । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थाल्नुभएकी उहाँले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरिसक्नुभएको छ । अझै रु चार लाख ५० हजारको अकबरे फलेको उहाँको अनुमान छ । उहाँले पाँँच … Read more

उच्च अदालतमा रवि लामिछानेको निवेदन

सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार (११ भदौ) मा पेसी तोकिएको छ।

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कृष्णपुर नगरपालिका -१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उहाँको घर भत्काएको हो । सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताउनुभयो । उहाँका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न … Read more

तीजमा माडी नगरपालिकाले दियो सार्वजनिक बिदा

चितवनको माडी नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । महिलाहरुको महान् चाड हरितालिका तीज पर्वको अवसर पारेर स्थानीय बिदाको रुपमा भोलि सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालद्धारा जारी सूचनामा भदौं १० गते नगर प्रमुखस्तरीय निर्णय अनुसार तीजको दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तीजको दिन माडी … Read more

तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभाग तथा प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा आयोजित तीज विशेष कार्यक्रममा कुलपति राईले दिदीबहिनीहरुलाई विभेदको अन्त्यसँग जोडेर तीज मनाउन आग्रह गर्दै तीज महिलाहरूले आफ्ना जीवन भोगाइका व्यथा, कठिनाइ, सुख दुःख र आत्मीय क्षणलाई प्रस्फुटन गर्ने माध्यम … Read more