पत्रकार सम्मेलन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ … Read more

यूएईको जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)को जेलमा रहेका १ सय २० जना नेपालीले आममाफी पाएका छन् । ईद अल(अदाहको अवसरमा यूएई सरकारले जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी दिएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले आममाफी पाएका नेपालीहरू चाँडै स्वदेश फर्कन सक्ने जानकारी दिएको छ । यसअघि पनि यूएईले विभिन्न चाडपर्वको अवसरमा विदेशी नागरिकलाई … Read more

मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण … Read more

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उहाँको अन्तिम संस्कार गरिने जनाइएको छ । कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति … Read more

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी … Read more

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पताल प्रांगणमा रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी … Read more

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैनः सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब … Read more

मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम … Read more

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ । चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन । किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले … Read more