एकै दिन १६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी थिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’उनले भने, ‘युवाहरू उद्यम, … Read more

अफगान आप्रवासी बोकेको बस दुर्घटना: १७ बालबालिका समेत ७३ को मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको भीषण सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्। तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मत्ताकीका अनुसार इरानबाट निर्वासित गरिएका अफगान आप्रवासी बोकेको बस मंगलबार राति एक ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो। बस काबुलतर्फ जाँदै थियो। दुर्घटनामा बसभित्र … Read more

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान … Read more

मन्थली (रामेछाप), भदौ ४

लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो । यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ । रासस

रासस र एएनआईबीच सहकार्य विस्तार हुने

राष्ट्रिय समाचार समिति (रासस) र भारतको प्रतिष्ठित समाचार एजेन्सी (एएनआई) बीच सहकार्यसम्बन्धी सम्झौता पुनरावलोकन गरी अद्यावधिक गर्ने विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालयमा आज रासस र एएनआईबीच समाचार आदानप्रदानलगायतका विषयमा छलफल भएको हो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पछिल्ला दिनमा गरेका संस्थागत सुधार र विकासका प्रयासबारे जानकारी गराउनुभयो । … Read more

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग … Read more

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, … Read more

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिनुभयो । … Read more

‘जहाँ गर्मी भुल्न आउँछन् तराईवासी’

तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले पनि साथ छोड्दैन । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई करकरेको रसिलो भुइँकटहरले स्वागत गर्दछ । सिन्धुलीको सदरमुकाम, माढीबजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने कमलामाई नगरपालिका–८ करकरेलाई भुइँकटहरको … Read more