प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग … Read more

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र … Read more

थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमाः १६ जनाको मृत्यु, हजारौँ विस्थापित

थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँ शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ । बिहीबार सुरु सैन्य तनावमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ । दशौँ हजारजना विस्थापित भएका बीबीसीले जनाएको छ । विश्व नेताहरूले युद्धविरामको आह्वान गरिरहेका छन् । विवादित सीमामा बिहीबार भीषण लडाइँ सुरु भएको थियो । त्यसले एक शताब्दीभन्दा पुरानो दुई दक्षिणपूर्वी एसियाली छिमेकीबीचको … Read more

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा … Read more

१०६ वर्षमा अस्थाए कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्ती

चितवन– नेपाली कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्तीको १ सय ६ वर्षको उमेरमा निधन भएको छ । महामानब बि.पि. कोइरालाबाट प्रभावित भएर २००७ सात सालमै कांग्रेसको कृयाशील सदस्यता लिएका घर्तीको गत जेष्ठ ४ गते निधन भएको हो । बि.सं. १९७६ साल जेष्ठ ६ गते लमजुङको मन्ज्याङ गा.बि.स.मा जन्मिएका घर्ती आफ्ना सन्ततीलाई लिएर २०१३ सालमा चितवनको … Read more

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् । उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेण्डा बनाउन आग्रह … Read more

लिफ्टले तानेको पानी पर्याप्त नभएपछि चितवनका किसान खडेरीको चपेटमा

साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि … Read more

बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति

खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो । सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले बताउनुभयो । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन … Read more

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

  रूपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो । सो तथ्याङ्कअनुसार जिल्लाका सङ्घीय कार्यालयहरूको गत आर्थिक वर्ष २०८१र८२ को वित्तिय अवस्था सन्तोषजनक देखिएको छ । … Read more

संरक्षणकर्मीको सम्मानमा भाले छावाको नामाकरण गरियो ‘वेदगज’

चितवनको खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको नयाँ हात्तीको भाले छावाको आज ‘न्वारन’ गरिएको छ । छावाको न्वारनसंगै ‘वेदगज’ नामाकरण गरिएको छ । केही समय पहिले निधन भएका संरक्षणकर्मी वेदकुमार खड्काको सम्झना र सम्मान स्वरुप हात्तीको छावाको नामाकरण ‘वेदगज’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिनुभयो । छावाको पूजापाठ गरेर … Read more