प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उहाँको अन्तिम संस्कार गरिने जनाइएको छ । कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति … Read more

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी … Read more

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पताल प्रांगणमा रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी … Read more

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैनः सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब … Read more

मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम … Read more

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ । चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन । किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले … Read more

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर … Read more

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री विष्णु पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । विसं २०५४ युवा, खेलकुद तथा संस्कृतिमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँले त्यसयता जलस्रोत मन्त्री, रक्षामन्त्री, अर्थमन्त्रीको … Read more

मुग्लिन पोखरा सडकः काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार … Read more

तनाव कति सहने भनेर राजीनामा दिएँ, ममाथि छानबिन होस्- राजकुमार गुप्ता

घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको बताएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरे । मंगलवार बिहान राजीनामा दिएलगत्तै संचारकर्मीसंग कुरागर्दै गुप्ताले ३ दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् । ‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ … Read more