जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो, एक हजार ७७१ घाइते

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ३६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेष्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य … Read more

जातीय हिंसापछि पहिलोपटक मणिपुर भ्रमण गर्दै मोदी, स्वागतका लागि राखिएको ब्यानर च्यातियो

२०२३ मा सुरु भएको जातीय हिंसापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक शनिबार मणिपुर भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले करिब ८५ सय करोड रुपैयाँ बराबरका विकास आयोजना उद्घाटन गर्ने कार्यक्रम रहेको समाचार संस्था पीटीआईले जनाएको छ । अधिकारीका अनुसार मोदीले चुराचाँदपुरको पिस ग्राउन्ड बाट करिब ७३०० करोडका विभिन्न आयोजना शिलान्यास गर्नेछन्। यो क्षेत्रमा कुकी समुदायको … Read more

सुन-चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार … Read more

चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक मात्रै सच्चा नेपाली म हुँः हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली आफू भएको बताएका छन्। सामाजिक सञ्जालामार्फत उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा … Read more

परामर्शमा राष्ट्रपति, जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास

अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् । कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी … Read more

नेपाली सेनाले भन्योः भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौं

नेपाली सेनाले सामाजिक सञ्जालमा सेनालाई जोडेर गरिएका कतिपय झुट्टा प्रचारहरूलाई विश्वास नगर्न आग्रह गरेको छ । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक … Read more

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको … Read more

कर्फ्यु छैन, शान्त छ मुस्ताङ

गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शनका कारण देशभर भय र त्रासग्रस्तका कारण कर्फ्यु तथा निशेधाज्ञा जारी गरिएपछि मुस्ताङको अवस्था भने समान्य छ । जिल्लामा कर्फ्युको सूचना जारी गरिएको छैन । बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत सार्वजनिक सवारी साधन नचलेपनि नीजि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत सामान्य छ । नेपालीको … Read more

इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु

हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ। इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ । कतारदेखि यमन, … Read more

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

जेनजी प्रदर्शनकारीहरुले चितवन जिल्ला कब्जामा लिएका छन् । जिल्लाको मुख्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, नापी कार्यालयलगायतका कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् । तीन वटै सुरक्षा निकाय नेपाली, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएपनि प्रदर्शनकारीहरु भित्रै पसेर सबै कार्यालय जलाएका हुन् । प्रदर्शनकारीहरु मुख्य रोड तिर देखिएका छन् … Read more