कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै … Read more

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको हो । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त … Read more

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको घोषणा गर्नुभएको छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको हो । … Read more

धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमन गर्न माग

धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमित एवं व्यवस्थित गरेर शास्त्रीय आधारमा मर्यादित रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले धर्म, संस्कृति र चाड पर्वका विषयलाई व्यवस्थित गर्न कानुनले व्यवस्था गरेबमोजिम काम भइरहेको बताउनुभयो । पात्रो … Read more

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको स्थानीय किसान भोजबहादुर कार्कीले बताउनुभयो । फल झर्ने, … Read more

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा रबा थापाको नेतृत्वको … Read more

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का … Read more

सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम

साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल … Read more

गैँडाकोट महोत्सव एवं व्यापार मेला आजदेखि आगामी माघ १० गतेसम्म

चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै हुनुहुन्छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले … Read more

देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु,दिउसोको समयमा आवतजावत बन्द

माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ । दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का … Read more