मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति?

यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो । … Read more

परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश … Read more

घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ … Read more

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो

अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन् । केही बालबालिकाको पनि ज्यान गएको समाचारमा उल्लेख छ । केर काउन्टीको ग्वाडालुप नदीमा एको बाढीका कारण मात्रै कम्तिमा ८४ जनाको मृत्यु भएको छ । … Read more

उद्धार गर्न सरकार युद्धस्तरमाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराउनुभयो । “यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरु … Read more

चितवन प्रशासनले भन्योः त्रिशुली र नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । त्रिशुली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पु¥याएको भन्दै चितवन जिल्लाको त्रिशुली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । यस्तै नारायणी नदी किनारका … Read more

भोटेकोशीमा बाढीः ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र … Read more

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताउनुभएको छ । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै उहाँले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीको खेलप्रतिको समर्पण, लगाव र मेहिनतको प्रतिफल भएको उल्लेख गर्नुभयो । उहाँले सिङ्गापुरसँग भएको … Read more

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं १ देखि ७ सम्मका १० स्थानमा वत्ती जडान गरिएको छ । परियोजनाअन्तर्गत यस कार्यका लागि करिब रु १० लाख खर्च गरिएको छ । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातिका बेला बारम्बार बस्ती छिर्ने भएकाले उज्यालो भएपछि तिनीहरू … Read more

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले बताउनुभयो । उहाँले … Read more