आज अन्तरराष्ट्रिय परिवार दिवस

परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्ष्यित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम उपचारको … Read more

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको … Read more

‘बाढीपहिरोको समस्या समाधान गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्छः सांसद बस्नेत

प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बर्खाको समयमा हुने बाढीपहिरोबाट क्षति रोक्नका लागि सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले बाढीपहिरो र भूकम्पबाट सिन्धुपाल्चोक जिल्ला सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारले प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाका सदस्य … Read more

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’का प्रमुखको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा १२६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ । भेटका … Read more

क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतामा समावेश नहुने घोषण गरेका छन् । बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।  

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र … Read more

मेयर बालेनको जापान भ्रमण रद्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) को जापान भ्रमण रद्द भएको छ । मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो । “मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएर आएको थियो । तर, मेयरसाब जानु भएन,” महानगर स्रोतले भन्यो । बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३०, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि … Read more

गाजाको अस्पतालमा इजरायली आक्रमणः २८ जनाको मृत्यु

खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले … Read more

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी … Read more

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गुरुङद्वारा राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले … Read more