तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक … Read more

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ । बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा … Read more

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट … Read more

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । ‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक … Read more

भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री … Read more

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति

चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यक्षेत्र बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट … Read more

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उहाँले बताउनुभयो । बैठकमा सभामुख घिमिरेसहित … Read more

बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव आफूले गरेको बताएका छन् । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण … Read more

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा … Read more

प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान

म्याग्दीको तातोपानी कुण्डमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्नान गरेका छन्। आज (बुधबार) बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा अध्यक्ष प्रचण्डले स्नान गरेका उनको सचिवालयले जनाएको हो। पार्टीको कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए।