नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै

नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट समकक्षी पंकज अग्रवालले नेतृत्व गर्ने छन् । ऊर्जा मन्त्रालयका अनुसार बैठक नियमित भएको र विद्युत् उत्पादन र प्रसारणलाइनको विषयमा छलफल हुनेछ । बैठकमा दुई देशबीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा पनि … Read more

गुुट बनाएर अध्यक्ष घोषणा गरिएको प्रति नेविसंघ चितवनको गम्भिर ध्यानाकर्षण

चितवन । अलग्गै समुह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी त्यसको … Read more

चितवनको देवघाट आउँदै गरेको बस धादिङमा दुर्घटनाः एकजनाको मृत्यु, २३ घाइते

चितवन,माघ २८- भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले … Read more

प्रतितोला १ लाख ६९ हजार ६ सय पुग्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ … Read more

बालेनलाई सांसद सिंहको च्यालेन्ज- सक्छौ भने सिंहदरवार र संसद भवन भत्काएर देखाऊ

काठमाडौं- प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत भत्काउन च्यालेन्ज दिएका छन्। उनले सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो च्यालेन्ज दिएका हुन्। ‘काठमाडौं महानगरको मेयर बालेन शाह तानाशाह हिटलरको शैलीमा गए। सरकारले यस विषयमा ध्यान दियोस्’ उनले भने। साथै उनले बालेन तानाशाह हिटलरको शैलीमा गएको जिकिर गर्दै … Read more

युक्रेनी सहर जेर्जिस्कमा रूसको कब्जा, यहाँ ५ महिनामा २६ हजार युक्रेनी सैनिक मारिए

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनी शहर जेर्जिस्क कब्जा गरेको दाबी गर्दै एउटा भिडियो जारी गरेको छ। रुसी समाचार आउटलेट आरटीका अनुसार युक्रेनको डोनेट्स्क क्षेत्रमा अवस्थित यो शहर रुसले कब्जा गरेको छ। जेर्जिस्क बाहेक रूसले दुई गाउँ ड्रुज्बा र क्रिमस्कोयेमाथि पनि नियन्त्रण गरेको बताएको छ । रुसी सेनाले युक्रेनले शहरको रक्षा गर्न लगभग ४० हजार सेना … Read more

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

काठमाडौं। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ। महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो। महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए। … Read more

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताए। उनले भने, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका … Read more

मानङकोटमा प्रहरी कुट्ने चार युवा पक्राउ

तनहुँ– व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । … Read more

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्यांकले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ … Read more