एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरु समयानुकल बनाउँछौंः सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानुनहरु एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताएका हुन् । उनले हुलाक … Read more

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने … Read more

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

चितवन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरूको लाइन गत साउनयता काटिएको हो । कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो ।यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् … Read more

रास्वपा सांसद कठायतको उजुरी : होटलको सीसीटीभी फुटेज र बिल झिकाउ पाऊँ

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् । १३ माघ, … Read more

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

ढोरपाटन बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए … Read more

ट्राफिक कार्यालय चितवनको अभियान: ‘एक विद्यालय एक ट्राफिक शिक्षक’

चितवन, माघ १३ दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक/एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । … Read more

हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । … Read more

पोषणविद् भन्छन्- भात जतिखेर पनि खानुहुन्न

काठमाडौं भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ । अधिकांश मानिस रोटीभन्दा भात नै खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। तर, यो जान्न जरुरी छ कि भात कहिले खानु सबैभन्दा फाइदाजनक हुन्छ र कहिले खानु हुन्न भन्ने कुरा पनि उत्तिकै जान्न जरुरी छ … Read more

रवि लामिछानेको थुनछेक बहस अज पनि हुने

रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।अन्य … Read more

सर्लाही सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना

नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै उनीहरूले आइतबार मध्याह्न धर्ना दिएका हुन्। पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट बर्खास्त गर्नुपर्ने बताए।यसअघि उनीहरूले गत पुस ९ गते केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न … Read more