ईदका अवसरमा आज सार्वजनक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको … Read more

रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा

साढे पाँच महिनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने … Read more

प्रसाईंले भने- म भागेको छैन, मन्दिरमा बसेको छु

व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नबनेको दाबी गरेका छन् । आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ ।मन्दिर अगाडि बसेर एउटा भिडियो वक्तव्य जारी गर्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएको बताएका छन् । उनको भनाइ यस्तो छ चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा … Read more

म्यान्मार भूकम्पः मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

म्यान्मारमा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ । मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो । भूकम्पले म्यान्मारमा भवन, पुल र … Read more

आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गतका दुवै सदनको आज बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस … Read more

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन  तथा व्यापार मेला सुरु

भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ । उक्त एक्स्पो बिहीबारबाट शुरु भएको हो । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी … Read more

गलत सूचना फैलाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ । उजुरीमा दुर्गा प्रसाईका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन … Read more

गणतन्त्रवादीको नारा: ओली सरकार राजीनामा दे, कुलमान हटाउन पाइँदैन

गणतन्त्रवादीले आज (चैत १५) काठमाडौंमा जुलुस निकालेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो । त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् । … Read more

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार … Read more