चितवन बारमा पहिलोपटक महिलाको नेतृत्व : फूलमाया रानाभाट अध्यक्षमा निर्वाचित

भरतपुर । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता फूलमाया रानाभाट निर्वाचित भएकी छन् । शनिबार भरतपुरमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्याशी अधिवक्ता नुनराज सिलवाललाई जम्मा तीन मतले पछि पार्दै चितवन जिल्ला अदालत बार एसोसिएसनमा उनी पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अधिवक्ता रानाभाट डिएलएको समूहबाट उमेदवार बनेकी थिइन् भने अधिवक्ता सिलवाल पिएलएको … Read more

भरत तालमा भ्रष्टाचार प्रकरण : मुद्दा चलाएपछि मधेशमा माओवादी केन्द्र आन्दोलित

जनकपुरधाम ‘भरत ताल’ को विषयमा झूटो मुद्दामा नेताहरूलाई फसाउन खोजिएको भन्दै मधेशमा माओवादी आन्दोलित भएको छ। सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृति नलिइ माछापोखरी निर्माण गरेको सरकारी आरोपमा जिल्ला वन कार्यालय सर्लाहीले मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएपछि मधेशमा माओवादी आन्दोलित भएका हुन्। ‘भरत ताल’ भनी नाम राखिएको उक्त माछा पोखरीको प्रारम्भिक परीक्षण प्रतिवेदन … Read more

५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा

१३ माघ, काठमाडौं बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्। ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी … Read more

राप्रपाको जारी केन्द्रीय समिति बैठक आज पनि बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो । हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले  आज एक दिन बैठक लम्बिएको छ । … Read more

मदन राई बालिका यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

काठमाडौं, माघ १३ कृषि विज्ञका रूपमा परिचित मदन राईलाई जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका … Read more

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

चितवन, माघ १३ भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध … Read more

नाचिन छाडे ‘धाननाच’

तेह्रथुम पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।याक्थुङ (लिम्बू) समुदायमा हुने सुख–दुःखका कर्मकाण्डसँगै मेला–हाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धाननाच नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ … Read more

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन्। अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।यस्तै, आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष … Read more

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्न- मिलेर चुनाव लड्ने, सरकारलाई दलाल भन्ने ?

काठमाडौँ, माघ १३ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई लक्ष्य गर्दै मिलेर चुनाव लडेर सरकारलाई दलाल भनिरहेको बताएका छन्। २०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तत्कालीन गठबन्धनबाट कांग्रेस-माओवादी-एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए। त्यसतर्फ लक्ष्य गर्दै गौतमले माओवादी र समाजवादीलाई पहिले सहकार्य गर्ने अहिले आलोचना … Read more

सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल

  सिन्धुपाल्चोक, माघ १३ गते  २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ । एक त भूकम्पले पानीको मुहान भासिएको छ भने अर्कोतर्फ नियमित रूपमा आउने पानीको मुहान सुकेपछि दर्जनौँ गाउँमा खानेपानीको चरम समस्या हुँदै गएको छ । … Read more