सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँः सोविता गौतम

काठमाडौँ, माघ १८- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभामा आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् । शुक्रकार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्–‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ … Read more

प्रधानमन्त्री ओलीले संसद् बैठकमा भने ‘ढल्यो ढल्यो गीत मनोरञ्जनको मञ्चमा सुहाउला, राजनीतिमा सुहाउँदैन’

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सरकार बदलिरहने समस्यामा बन्ध्याकरण भएको टिप्पणी गरेका छन्। शुक्रवारबाट सुरु भएको संसद् अधिवेशनमा सम्बोधन गर्दै उनले संसद्मा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट सरकार मुक्त भएको बताएका हुन्। ‘सत्ताको नाउमा प्वाल पारेर अर्कै सत्ता चलाउने र सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा बन्ध्याकरण भएको छ’, प्रधानमन्त्री ओलीले भने। उनले आफ्नो नेतृत्वमा … Read more

विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

१८ माघ, विराटनगर । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

असल अभ्यासलाई निरन्तरता दिऔँः सभामुख

काठमाडौँ, माघ १८- सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । अधिवेशन प्रारम्भ भएलगत्तै प्रतिनिधिसभाका सदस्यलाई स्वागत गर्दै उहाँले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिइने भएकाले सदनमा व्यक्त विचारलाई परिस्कृत गर्दै नीतिनिर्माणसम्म पुगिने धारणा व्यक्त गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, … Read more

बुवा बन्दै सागर लम्साल ‘बले’

काठमाडौं, माघ १८- चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । विवाह गरेको सात महिनामै बले बुबा बन्ने भएका हुन् । असार ३० गते उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेर सबैलाई सरप्राइज दिएका थिए । स्नेहा ५ महिनाकी गर्भवती छिन् । बलेले कुरा गर्दै आफू पिता बन्न लागेको बताए । ‘म यतिबेला लक्की … Read more

सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं, माघ १८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् । संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् । रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् । ‘सभापतिज्यू अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुहुनेछ,’ स्रोतले भन्यो, … Read more

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं, माघ १८ गते ।  सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ … Read more

हावाहुरीले सीमा प्रशासन कार्यालयसहित निजी घरमा क्षति

सोलुखुम्बु, माघ १८ गते ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेस्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको सिमेन्ट, ढुङ्गा, काठ र टिनको छानो भएको चारतले भवनको छानो उडाएको हो । सोही स्थानमा हावाहुरीले एउटा निजी घरको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब … Read more

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर, माघ १८- चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ । शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित … Read more

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ,माघ १८- विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको … Read more