अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक, नेपाली १,३६५ जना

काठमाडौँ, माघ १६- डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा … Read more

सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ, माघ १६- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गर्नुभएको छ । सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको योगदान अमर रहेको बताउनुभएको छ । “सहिद दिवसमा सहिदहरूको बलिदान … Read more

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे

बलेवा (बागलुङ), माघ १६- स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् । निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य … Read more

आज १ हजार ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, माघ १६- नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं,माघ १६- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो … Read more

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, माघ १६- भक्तपुर जिल्ला अदालतले प्रहरीलाई  आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध हिजो (मंगलबार)जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो। उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको … Read more

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते

बेरुत, माघ १६- लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । आइतबार बिहानदेखि, सयौँ लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू … Read more

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

मध्यबिन्दु (नवलपरासी), माघ १६- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना … Read more

विदेश जाने विद्यार्थी तथा रोजगारकर्मीलाई लक्षित गरी चितवन कलेज अफ कुकुरी सञ्चालन

चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो … Read more

ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, माघ १५ गते । मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवम् दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको क्वालालम्पुरस्थित नेपाली … Read more