संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने, तयार भयो माघ महिनाको क्यालेन्डर

१४ माघ, काठमाडौं । संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो । क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग … Read more

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि रोकियो बसाइँसराइ, फेरियो गाउँको मुहार

१४ माघ, म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

तेह्रथुम, माघ १४- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो । … Read more

एचआईभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता पाउने

तनहुँ, माघ १४ गते ।  तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, ‘‘एचआईभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरुको क्षमता विकासका … Read more

विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीको आपत्ति

१४ माघ, काठमाडौं । संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राखिएकोप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरेसँगको भेटमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा विचाराधीन विधेयकबारे होटलमा छलफल राख्न नदिनेप्रति सजग हुन आवश्यक रहेको बताएका हुन् । ‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर … Read more

काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित … Read more

विमान अवतरण गर्न नदिएपछि ट्रम्प कोलम्बियाप्रति आक्रोशित, बढाए २५ प्रतिशत भन्सार शुल्क

आफ्ना नागरिकमाथि अपराधिको जस्तो व्यवहार गरेको भन्दै कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले देश निकाला गरिएका आप्रवासी बोकेका दुई अमेरिकी सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्। ट्रम्पले तत्काल कोलम्बियामाथि २५% शुल्क र प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ट्रम्पले भने, ‘कोलम्बियाबाट आउने सम्पूर्ण सामान माथि तुरुन्तै २५% शुल्क लागू गरिने … Read more

प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति बनाउने तयारी

१४ माघ, काठमाडौं । प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति बनाउने तयारी भएको छ । यसका लागि संसद सचिवालयले राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । संसदमा दर्ता भएका विधेयकहरू लामो समयसम्म होल्ड हुने प्रवृत्ति रहेकाले त्यसलाई अन्त्य गर्ने गरी नियमावली संशोधन गर्न लागिएको नेताहरू बताउँछन् । दलहरूले कानुन निर्माणलाई संसदभित्रको प्रक्रियालाई समयसीमाभित्र बाँध्ने प्रयास गरेका … Read more

सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा

बागमती, माघ १४- मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो … Read more

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं, माघ १४ गते   प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबिच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड … Read more