यूृ-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् पूजा

काठमाडौं,माघ २१- यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू(१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् । पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् । सूचीमा भारतका ४ खेलाडी समावेश छन् … Read more

सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडाैं, माघ २१ गते  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ । सोमवार पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक … Read more

मेरो नातिले कागलाई तपाईं भन्छ, मलाई तिमी : ओली

२१ माघ, काठमाडौं आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आधारधना गर्ने गरिन्छ ।विभिन्न विद्यालयले आज विविध कार्यक्रमसहित वसन्त पञ्चमी मनाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि वसन्त पञ्चमीकै अवसर पारेर आयोजना गरिएको एक अन्तक्रियामा सहभागी भएका छन् । काठमाडौंको … Read more

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

ताप्लेजुङ पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई … Read more

अखिल क्रान्तिकारीका अवकाशप्राप्त महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस

काठमाडौँ अनेरास्ववियु (क्रान्तिकारी) का अवकाशप्राप्त सचिवालय सदस्यहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ । उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको इन्चार्ज तथा कार्यदल सदस्य हिमाल शर्माले जानकारी दिए । उनीहरुले कार्यदलले तयार पारेको प्रतिवेदन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । माघ … Read more

प्रधानमन्त्रीको सुझाव- मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ

२१ माघ, काठमाडौं     प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे । ‘गलत संगतमा कहिल्यै नजानुस् । … Read more

पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

काठमाडौं बंगलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली नगदसहित सम्मानित भएका छन् ।माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले एक स्वर्ण, एक रजत र चार कांस्य पदक जितेका थिए । अस्मिता भुजेलले एक हजार ५०० मिटर दौडमा स्वर्ण तथा आठ सय मिटर दौड र चार गुणा ४ … Read more

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

काठमाडौं हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई यो हिउँद बितेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा र अन्य भेगमा पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतभन्दा कम पानी पर्ने अनुमान गरेको छ । हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा … Read more

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द

अमेरिका, माघ २१- अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो । यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा … Read more

सःमिलबाट अवैध काठ बरामद

ढल्केबर, माघ २१ गते धनुषाधाम नगरपालिका –१ मा रहेको एक सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले चिरान मिलमा छापा मारेर काठ बरामद गरेका हुन् । डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले प्रमोद ठाकुरको स्वामित्वमा रहेको सःमिलबाट मिलबाट १३९ क्यूफिट साल प्रजातिको काठ र एक … Read more