हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । … Read more

पोषणविद् भन्छन्- भात जतिखेर पनि खानुहुन्न

काठमाडौं भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ । अधिकांश मानिस रोटीभन्दा भात नै खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। तर, यो जान्न जरुरी छ कि भात कहिले खानु सबैभन्दा फाइदाजनक हुन्छ र कहिले खानु हुन्न भन्ने कुरा पनि उत्तिकै जान्न जरुरी छ … Read more

रवि लामिछानेको थुनछेक बहस अज पनि हुने

रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।अन्य … Read more

सर्लाही सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना

नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै उनीहरूले आइतबार मध्याह्न धर्ना दिएका हुन्। पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट बर्खास्त गर्नुपर्ने बताए।यसअघि उनीहरूले गत पुस ९ गते केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न … Read more

चितवन बारमा पहिलोपटक महिलाको नेतृत्व : फूलमाया रानाभाट अध्यक्षमा निर्वाचित

भरतपुर । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता फूलमाया रानाभाट निर्वाचित भएकी छन् । शनिबार भरतपुरमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्याशी अधिवक्ता नुनराज सिलवाललाई जम्मा तीन मतले पछि पार्दै चितवन जिल्ला अदालत बार एसोसिएसनमा उनी पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अधिवक्ता रानाभाट डिएलएको समूहबाट उमेदवार बनेकी थिइन् भने अधिवक्ता सिलवाल पिएलएको … Read more

भरत तालमा भ्रष्टाचार प्रकरण : मुद्दा चलाएपछि मधेशमा माओवादी केन्द्र आन्दोलित

जनकपुरधाम ‘भरत ताल’ को विषयमा झूटो मुद्दामा नेताहरूलाई फसाउन खोजिएको भन्दै मधेशमा माओवादी आन्दोलित भएको छ। सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृति नलिइ माछापोखरी निर्माण गरेको सरकारी आरोपमा जिल्ला वन कार्यालय सर्लाहीले मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएपछि मधेशमा माओवादी आन्दोलित भएका हुन्। ‘भरत ताल’ भनी नाम राखिएको उक्त माछा पोखरीको प्रारम्भिक परीक्षण प्रतिवेदन … Read more

५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा

१३ माघ, काठमाडौं बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्। ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी … Read more

राप्रपाको जारी केन्द्रीय समिति बैठक आज पनि बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो । हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले  आज एक दिन बैठक लम्बिएको छ । … Read more

मदन राई बालिका यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

काठमाडौं, माघ १३ कृषि विज्ञका रूपमा परिचित मदन राईलाई जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका … Read more

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

चितवन, माघ १३ भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध … Read more