नाचिन छाडे ‘धाननाच’

तेह्रथुम पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।याक्थुङ (लिम्बू) समुदायमा हुने सुख–दुःखका कर्मकाण्डसँगै मेला–हाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धाननाच नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ … Read more

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन्। अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।यस्तै, आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष … Read more

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्न- मिलेर चुनाव लड्ने, सरकारलाई दलाल भन्ने ?

काठमाडौँ, माघ १३ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई लक्ष्य गर्दै मिलेर चुनाव लडेर सरकारलाई दलाल भनिरहेको बताएका छन्। २०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तत्कालीन गठबन्धनबाट कांग्रेस-माओवादी-एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए। त्यसतर्फ लक्ष्य गर्दै गौतमले माओवादी र समाजवादीलाई पहिले सहकार्य गर्ने अहिले आलोचना … Read more

सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल

  सिन्धुपाल्चोक, माघ १३ गते  २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ । एक त भूकम्पले पानीको मुहान भासिएको छ भने अर्कोतर्फ नियमित रूपमा आउने पानीको मुहान सुकेपछि दर्जनौँ गाउँमा खानेपानीको चरम समस्या हुँदै गएको छ । … Read more

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ । सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माणकार्यलाई तीव्रताका साथ अगाडि … Read more

बाख्रा चराउन गएका दिदी बहिनी मृत भेटिए

सुर्खेत, माघ १३- अछाममा दुई किशोरी मृत भेटिएका छन्।शुक्रबार बाख्रा चराउन गोठाला गएका ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार एकै घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी … Read more

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ (ताप्लेजुङ), माघ १३ पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई … Read more

पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु

महोत्तरी, माघ १३ पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे-नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको छ । “हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्वविद ज्ञवालीले भन्नुभयो, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक … Read more

संगठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड

एजेन्सी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी संगठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो … Read more

हमासद्वारा थप चार महिला बन्धक रिहा, चारैजना इजरायली सैनिक

१२ माघ, काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् ।हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन … Read more