बाँसखर्कमा सुन्तला महोत्सव

म्याग्दी (दरबाङ), माघ १२ गते । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ । जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच … Read more

‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’

मोरङ, माघ १२ गते ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको … Read more

ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछः शंकर पोखरेल

काठमाडौं, माघ १२- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बाताएका हुन् ।नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान … Read more

गरिबको लागी निःशुल्क निवेदन लेख्न रौतहट एसपीको निर्देशन

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले गरिब विपन्नको लागी निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्। जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरिब विपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका हुन्। रौतहटस्थित जिल्ला प्रहरी कार्यालय लगायत मातहतका सम्पूर्ण प्रहरी इकाई कार्यालयहरूमा गरिब विपन्नको लागि आजदेखि निःशुल्क निवेदन लेखिने … Read more

इजरायलमा बन्दी रहेका करिब २०० प्यालेष्टिनी रेडक्रसको सहयोगमा गाजामा

एजेन्सी– प्यालेस्टिनी लडाकुहरूले शनिबारको कैदी आदानप्रदानमा चार जना इजरायली महिला बन्धकहरूलाई सुपुर्दगी गर्ने अपेक्षा गरिएको गाजाको एक चोकमा रेडक्रसका चार वटा गाडी आइपुगेको एएफपीका एक संवाददाताले बताएका छन्। गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिने प्यालेस्टिनी स्रोतले जनाएको … Read more

कांग्रेस-एमालेको सरकार आगामी चुनावसम्म कायम रहेमा माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

दाङ,माघ १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनताका पीररमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरूको धारणा सकारात्मक रहेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर … Read more

कार्यकर्तालाई प्रचण्डको अपिल : गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताएका छन् । माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने बताए । जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन … Read more

सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरूक समाज निर्माणमा साहित्यकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उहाँले साहित्यमा समाजका हरेक कुरा प्रतिबिम्बित हुने बताए। मुख्यमन्त्री शाहले भने, ‘साहित्यको प्रवर्द्धन गर्न … Read more

साहित्यकार श्रेष्ठलाई एक लाख रुपियाँको पुरस्कार

म्याग्दी, माघ १२ गते । जिल्लाको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एक लाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा बेनी नगरपालिका–७ का श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । स्मृति कोषको … Read more

जसपाको केन्द्रीय समिति बैठक सुरु, भावी रणनीति र मधेश मुद्दाबारे छलफल

१२ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो । शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । ‘हाम्रो पार्टीको … Read more