सरकारले काम गर्ने हो, दिन गनेर बस्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार दिन गनेर नबस्ने बताएका छन्। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा पौडेलले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएकाले काम गर्ने दिन गनेर नबस्ने बताए। ‘सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै जानेछ। सरकार दिन गनेर बस्दैन। काम गर्नेछ। निराशालाई आशामा बदल्नेछ। देश छोडेर जाने … Read more

सत्ताको हेराफेरीले संसद्का चर्चित अनुहारलाई सकस : कस्तो सुनिएला आवाज ?

काठमाडौं संसद् त्यस्तो ऐना हो, जहाँ जनताका हरेक सरोकारका विषयको दृश्य देख्न, सुन्न पाइन्छ । जनप्रतिनिधिमार्फत् सुनिने त्यही विषयले कार्यपालिकालाई दिशा निर्देश गर्छ । जनताका सन्देशबाहक जनप्रतिनिधिहरूको गतिविधिमा जनताको कसी लाग्ने गर्छ । त्यति मात्र होइन, नागरिकका नजरमा उनीहरूको राजनीतिक मानक यहीँ भित्रका गतिविधिबाट स्थापित हुन्छ । हरेक संसद् अधिवेशन सांसदहरूका लागि अघोषित परीक्षा पनि … Read more

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, माघ १०- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ । मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । … Read more

स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण

वालिङ – स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो । विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको … Read more

भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा

एजेन्सी – भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए । यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको … Read more

प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी

बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला लुम्बिनी र कर्णालीको भ्रमणमा छन् ।बाँकेको नेपालगञ्जमा रहेर उनी विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । उनी बिहीबार बाँकेको खजुरा-३ स्थित धवलागिरी गाउँमा पुगे । उनी माओवादीका सहिद डम्बर रानाभाटको घरमा पुगेर खाना खाएका छन् । उनले माओवादीका सहिद परिवारसँग भेट गर्दै बिहानको खाना … Read more

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् । मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । … Read more

चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन धनुषा ट्राफिकले दाउरा बाँड्दै

जनकपुरधाम– नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण जनजीवन थप कष्टकर बनेको छ । मौसममा आएको अचानकको परिवर्तनले चिसो अत्यधिक बढेपछि सर्वसाधारणलाई राहत प्रदान गर्न धनुषा ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चिसोबाट प्रभावित जनतालाई न्यानो प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा दाउरा … Read more

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ ।विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्‍याइएको छ, जो ३६ प्रतिशत बढी हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, ‘नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेस्ट चढ्न चाहनेहरूले … Read more

महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह

काठमाडौं-  अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका विभिन्न ठाउँमा महोत्सव चलिरहँदा कलाकार, नेता र मन्त्रीसमेतले घुमघाम गर्न पाइरहेका छन् ।महोत्सवले संघीय सरकारका मन्त्रीहरूलाई समेत छोएको छैन । काठमाडौंबाट जहाज र हेलिकप्टर चढेर मन्त्रीहरू देशका विभिन्न जिल्लाका महोत्सवमा अतिथि-प्रमुख अतिथि भइरहेका छन् । स्थानीय तहहरूलाई बजेट सक्ने गतिलो माध्यम मेला र महोत्सव भइरहेका … Read more