वि अदालत उपस्थित, थुनछेक बहस सुरु हुँदै

काठमाडौँ, माघ १०- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । बिहीबारबाट … Read more

सुनको मूल्य घट्यो

काठमाडौँ, माघ १०- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार)को तुलनामा आज छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेको हो । जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।

बाँकेमा बीस प्रजातिका चरा भेटिए

नेपालगञ्ज, माघ १०- केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । “ताल, तलैयामा भएको फोहोरले … Read more

सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं, माघ १०- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर भएका प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको हो । प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही … Read more

‘कवाड व्यवसायीमाथिको धरपकड बन्द गरियोस्’

काठमाडौँ, माघ १०- जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन माग गरेको छ । “महानगरले कवाड व्यवसायीलाई गालीगलौज र … Read more

स्पन्दन नेपाल द्घारा बिद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

चितवन, ९ माघ ः भरतपुर चितवनमा रहेको परोपकारमुल काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका– … Read more

नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

ढोरपाटन (बागलुङ), माघ ९- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना … Read more

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ, माघ ९- राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ । यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुआत गरेको छ । वित्तीय सुधार कार्यक्रम कार्यान्वयनमा आएपछि निरन्तर मुनाफा … Read more

सिमेन्टको अचाक्ली बजार भाउ नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित‍रूपमा … Read more

कुहिरोभित्र लुकेको वालिङ

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृश्य । कुहिरोभित्र वालिङ बजार  छ । बिहानीको मनमोहक दृश्य हेर्न आन्तरिक पयर्टक यहाँ पुग्ने गर्दछन् । तस्बिरः राधाकृष्ण डुम्रे ।